जोरघट्ट तारुका खानेपानीको उद्घाटन, वडा २ र ३ को खानेपानी अभावको समस्या अन्त्य

जोरघट्ट तारुका खानेपानीको उद्घाटन, वडा २ र ३ को खानेपानी अभावको समस्या अन्त्य

नुवाकोट । दशकौंदेखि खानेपानी अभावको समस्या भोग्दै आएका तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ३ का नागरिकलाई राहत मिलेको छ । तारकेश्वरको गौरवको रूपमा निर्माण भइरहेको जोरघट्ट खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएसँगै अब यी दुई वडाका ६५० घरधुरी लाभान्वित हुँदै छन् ।

गाउँपालिका अध्यक्ष शिव अधिकारीले आज तीनवटै रिजर्भ ट्यांकी (नयाँ र पुराना समेत) मा पानी खसालेर खानेपानीको उद्घाटन गर्नुभएको हो । योसँगै, दशकौंदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य भएको छ ।

उद्घाटनपछि अध्यक्ष अधिकारीले लक्ष्यअनुरूप काम भएकोमा खुसी व्यक्त गर्दै पहिलो चरणको काम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्नुभयो । उहाँका अनुसार, दोस्रो चरणको (घरघरमा पक्की धारा बनाउने) काम छिटै सुरु हुनेछ । तारुकावासीले जोरघट्टको पानी भने आजैदेखि पिउन पाउने छन ।

आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले २५ लाख र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाका रूपमा आयोजनाका बाँकी चरणका काम सम्पन्न हुँदै जाने अध्यक्ष अधिकारीले बताउनुभएको छ ।

प्रकाशित मिति:     ७ आश्विन २०८०, आईतवार  |    Himali Khabar