भुपु सैनिकहरुद्वारा चन्द्रगिरीस्थित गणेश मन्दिर क्षेत्रको सरसफाइ

भुपु सैनिकहरुद्वारा चन्द्रगिरीस्थित गणेश मन्दिर क्षेत्रको सरसफाइ

काठमाडौं । भुपु सैनिकहरुले आज काठमाडौंकाे चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ स्थित गणेश मन्दिर क्षेत्रको सरसफाइ गरेका छन् ।

उक्त कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भाइकृष्ण महर्जनसहित करिव ४० जना पुभु सैनिक सहभागी थिए । उनीहरुले मन्दिर र त्यसवरपर क्षेत्रको सरसफाइ गरे ।

आफ्नो वरपरको क्षेत्र सरसफाइमा आफै लाग्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न उनीहरुले यो कार्यक्रम गरेका हुन । अझ पछिल्लो समय बढ्दाे डेङ्गु संक्रमणलाई मध्यनजर गर्दै मन्दिर क्षेत्र सफाइ गरिएको भुपु सैनिक सोम तामाङले जानकारी दिए।

प्रकाशित मिति:     २३ भाद्र २०८०, शनिबार  |    Himali Khabar