बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिकाको १५ दिने सूचना

बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिकाको १५ दिने सूचना

                                     काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले बल्खुखोला करिडोर क्षेत्र अन्तर्गत १० मिटरभित्र पर्ने संरचना हटाउन निर्देशन दिएको छ ।

नगरपालिकाको १५ नम्बर वडा कार्यालयले सूचना जारी गर्दै खड्कुलेको पुलदेखि सिभिल होम्ससम्मको क्षेत्रमा पर्ने बल्खुखोला करिडोरका स्थायी र अस्थायी दुवै संरचना हटाउन निर्देशन दिएको हो । वडाध्यक्ष घनश्याम लुईँटेलका अनुसार १५ दिनभित्र संरचना हटाउनुुपर्ने छ । उनले करिडोर निर्माणको बाँकी काम गर्नका लागि संरचना हटाउन आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति:     २० पुष २०७९, बुधबार  |    Himali Khabar