एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित

एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एम्बाप्पे रियल म्याड्रिड जाने लगभग निश्चित भएको छ। रियलले पहिलेभन्दा १० मिलियन युरो बढीको प्रस्ताव गरेपछि पीएसजीले एम्बाप्पेलाई बेच्न तयार भएको हो।

रियलले यसअघि १ सय ६० मिलियन प्रस्ताव गरेको थियो। तर पछिल्लो समय रियलले १ सय ७० मिलियन युरो प्रस्ताव गरेको हो। नयाँ प्रस्तावसँगै रियल र पीएसजी ट्रान्सफर सहमतिको नजिक पुगेका हुन्। एमबाप्पेले आफूलाई क्लब छाड्न अनुमति दिन क्लबलाई आग्रह गरेका थिए।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar