इङ्लिस क्रिकेटर जेम्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

इङ्लिस क्रिकेटर जेम्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं । इङ्लिस व्यावसायिक क्रिकेटर अलेक्जेन्डर जेम्स ब्लेकले ललितपुर प्याट्रिओट्सबाट आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । आगामी असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ संस्करणका लागि साविक विजेता ललितपुरले इङ्लिस बायाँ हाते ब्याट्सम्यान ब्लेकलाई अनुबन्ध गरेको हो ।

ईपीएलका प्रमुख कार्यकारी अधिकृत आमिर अख्तरले ब्लेक ईपीएलका लागि नेपाल आउने तय भइसकेको जानकारी दिए । असोजमा हुने ईपीएलको चौथो संस्करणमा ललितपुरसँगै काठमाडौं किङ्ग्स–११, भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति:     ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar