एजेन्सी । इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्व स्ट्राइकर रोमेलु लुकाकुलाई इटलीको इन्टर मिलानबाट क्लब कीर्तिमान ९७.५ मिलियन पाउण्डमा पुनः अनुबन्ध गरेको छ ।
२८ वर्षीय बेल्जियन स्ट्राइकर लुकाकुले स्टाम्फोर्ड ब्रिज फर्कँदै गर्दा पाँच वर्षको सम्झौता गरेका छन् । सन् २०१४ मा चेल्सीले २८ मिलियन पाउण्डमा एभर्टनलाई बेचेको थियो ।
यो मूल्य प्रिमियर लिगकै कीर्तिमानी ट्रान्सफरभन्दा थोरै कम हो । यसै सिजन म्यानचेस्टर सिटीले कीर्तिमानी १ सय मिलियन पाउण्डमा ज्याक ग्रेलिसलाई अनुबन्ध गरेको थियो ।