जस्तोसुकै रकमको प्रस्ताव आएपनि एम्बाप्पेलाई बेच्न नसकिने पीएसजीका अध्यक्षको प्रष्टिकरण

जस्तोसुकै रकमको प्रस्ताव आएपनि एम्बाप्पेलाई बेच्न नसकिने पीएसजीका अध्यक्षको प्रष्टिकरण

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का अध्यक्ष नासेर अल खलिफाले फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे यस सिजन क्लबमै रहने बताएका छन्।
स्पेनिस क्लब रियल मड्रिडले एम्बाप्पेलाई भित्र्याउन पछिल्लो सिजनदेखि प्रयास गरिरहेको छ। उनको आगामी सिजन पीएसजीसँगको सम्झौता सकिँदैछ। यद्यपि,खलिफाले जस्तोसुकै रकमको प्रस्ताव आएपनि एम्बाप्पेलाई बेच्न नसकिने स्पष्ट पारे।

‘एम्बाप्पे पीएसजीका खेलाडी हुन्। उनले क्लब छाड्न चाहन्न भनेर भनिसकेका छन्,’उनले भने,‘उनी यहीँ रहनेछन्।’ पीएसजीले अन्य क्लबबाट स्टार खेलाडीहरु भित्र्याइरहेको छ। भर्खरै मात्र पीएसजीले क्याटलान क्लब बार्सिलोनाका सुपर खेलाडी लिओनल मेस्सीलाई भित्र्याएको थियो।

२०१७ मा मोनाकोबाट पीएसजीमा आएदेखि एम्बाप्पेले अहिलेसम्म १७२ खेल खेल्दै १३२ गोल गरेका छन्। त्यस्तै, उनले ६२ गोल असिस्टसमेत गरेका छन्।

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar