एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक

एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक

काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि सार्वजनिक भएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरेको हो ।

कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो संस्करण यो वर्ष हुन लागेको हो । देशभरका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने ईपीएलको साविक विजेता ललितपुर प्याट्रिओट्स हो । सन् २०१८ मा भएको अन्तिम संस्करणको फाइनलमा ललितपुरले भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

त्यसपछि २०२० मा तय भएको अर्को संस्करण कोरोना भाइरसका कारण स्थगित भएको थियो । त्यो समयमा वेस्ट–इन्डिजका सुपर स्टार ब्याट्सम्यान क्रिस गेल आउने तय भएको थियो । तर, यो वर्ष भने गेल आउने सम्भावना कम छ । तर, पाकिस्तानी पूर्व कप्तान साहिद अफ्रिदी लगायतका ठूला खेलाडीको उपस्थिति रहने निश्चित भइसकेको छ ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar