शाहिद अफ्रिदीले काठमाडौंबाट ईपीएल खेल्ने

शाहिद अफ्रिदीले काठमाडौंबाट ईपीएल खेल्ने

काठमाडौं । शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । पाकिस्तानका पूर्व कप्तान अफ्रिदिले काठमाडौं किङ्स–११ बाट चौँथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।

काठमाडौं किङ्स–११ ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले टोलीबाट ईपीएल खेल्ने जानकारी गराएको छ। काठमाडौंले अन्तर्रष्ट्रिय खेलाडीको रूपमा अफ्रिदीलाई अनुबन्ध गरेको हो ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। ४४ वर्षीय अफ्रिदीले अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए ।
अफ्रिदीले ३ सय ९८ एक दिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी(ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar