टोकियो ओलम्पिक खेलकुदको महाकुम्भ मेला आजबाट सुरू

टोकियो ओलम्पिक खेलकुदको महाकुम्भ मेला आजबाट सुरू

काठमाडौं। विश्व खेलकुदको महाकुम्भ मेला जापानको राजधानी टोकियोमा आजबाट हुदैछ। ३३ खेलमा ३३९ स्वर्ण पदकका लागि ११ हजार ६३८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

टोकियो–२०२० मा पाँच खेलका ३४ नयाँ स्पर्धा थपिएका छन्। कराते, स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ, बेसबल÷सफ्टबल र सर्फिङ थपिएको हो। उद्घाटन समारोह आज ४ः४५ बजे टोकियोको ओलम्पिक रंगशालामा हुनेछ। समारोहमा नेपालको झण्डा गौरिका सिंह र एलेक्जेन्डर गाडेगार्ड शाहले बोक्नेछन्।

प्रकाशित मिति:     ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar