भिसा अबैध रहेको भन्दै बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश

भिसा अबैध रहेको भन्दै बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश

काठमाडौं । नेपालका चर्चित क्रिकेट सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको सन्दिपले जानकारी दिएका छन् ।

थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए । यो प्रतियोगिता अब आफूले गुमाएको सन्दिपले फेसबुकमार्फत जानकार दिएका छन् ।

सन्दिपले आफ्नो भिसा के कारणले अवैध भयो भन्ने जवाफ मागेका छन् । उनी टायर ५ भिसामा बेलायत गएका थिए । यो भिसाबाट उनलाई खेल्न अनुमति नदिइएको क्रिकइन्फो डट कमले जनाएको छ ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar