एएफसी एसिया कप छनोटका लागि नेपाली महिला टोलीको प्रशिक्षण शुरु

एएफसी एसिया कप छनोटका लागि नेपाली महिला टोलीको प्रशिक्षण शुरु

काठमाडौं । एएफसी एसिया कप छनोटका लागि नेपाली महिला टोलीले प्रशिक्षण शुरु गरेको छ । भदौ अन्तिम साता हुने छनोट खेलका लागि टोलीले सोमबारदेखि बन्द प्रशिक्षण थालेको हो ।

पहिलो दिन महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सि सहभागी थिएनन् । उनले दुई साता अगाडी ४५ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका थिए । प्रशिक्षणमा यस पटक टोलीकी नियमित सदस्य साबित्रा भण्डारी समावेश छैनन् । घुँडाको उपचारका लागि उनी कतारमा छिन् ।

छनोटमा नेपाल रहेको समुह एफमा हङकङ र फिलिपिन्स छन् । दुवै नेपाल भन्दा वरियतामा माथिका टोली हुन् । यो समुहको खेल आगामी भदौ २८ गतेदेखि असोज ९ गतेसम्म नेपालमा हुनेछ ।

छनोटमा सहभागी हुने २८ देशलाई आठ समुहमा विभाजन गरिएको छ । त्यसमध्ये सुरुआती चार समूहमा चार टोली छन् भने बाँकी चार समूहमा तीन टोली छन् । प्रत्येक समूहका विजेता अर्को वर्ष भारतमा हुने एसिया कपका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति:     ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar