रोनाल्डो बने युरोकपको ​सर्वाधिक गोलकर्ता

रोनाल्डो बने युरोकपको ​सर्वाधिक गोलकर्ता

काठमाडाैं। पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो युरोकप २०२० मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका छन्। उनको टिम भने प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको थियो।

उनले ४ खेलमा ५ गोल गर्न सफल भएका थिए। चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ खेलमा ५ गोल गरेका थिए। रोनाल्डोले ५ गोल गरेसँगै राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमान बराबरी गरेका छन्।

प्रकाशित मिति:     २८ असार २०७८, सोमबार  |    Himali Khabar