इंग्ल्यान्डलाई पराजित गर्दै इटाली युरो २०२० को च्याम्पियन

इंग्ल्यान्डलाई पराजित गर्दै इटाली युरो २०२० को च्याम्पियन

काठमाडौं । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ।

लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो।

युरो कपमा सन् १९७६ पछि पहिलो पटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar