केनकाे निर्णायक गोलमा इङ्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा

केनकाे निर्णायक गोलमा इङ्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा

काठमाडाैं। कप्तान ह्यारी केनको निर्णायक गोलले इङ्ल्यान्ड पहिलोपटक युरोकपको फाइनलमा पुगेको छ। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

१०४औं मिनेटमा पाएको पेनाल्टीमा केन चुकेपनि रिबाउन्डमा गोल गरे।३०औं मिनेटमा मिक्केल डाम्सगार्डको फ्रिकिक गोलमा डेनमार्कले अग्रता लिएपनि त्यसको ९ मिनेटपछि नै डेनमार्कका सिमोन कियारले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। उपाधिका लागि इङ्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar