ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो ।

ब्राजिलले अब यस पटक उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ९ पटक उपाधि जितेको ब्राजिलले यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि जितेको छ ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar