इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

काठमाडौं । अस्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै १९६८ को च्याम्पियन इटाली युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

अन्तिम १६ अन्तर्गत शनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

यो जितसँगै २००४ यताका सबै युरोपियन च्याम्पियनसिपमा इटालीले कम्तिमा क्‍वार्टरफाइनलको यात्रा तय गरेको छ । र, सेमिफाइनलका लागि इटालीले पोर्चुगल र बेल्जियमसँग खेल्ने छ ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar