उपाधि जितेको दुई दिनपछि लिलीका प्रशिक्षक गाल्टियरले राजीनामा दिए

उपाधि जितेको दुई दिनपछि लिलीका प्रशिक्षक गाल्टियरले राजीनामा दिए

एजेन्सी। पीएसजीको दबदबा तोड्दै लिलीलाई फ्रेन्च लिग वानको उपाधि जिताउन सफल प्रशिक्षक क्रिष्टोफ गाल्टियरले पदबाट राजीनामा दिएका छन्। ५४ वर्षे गाल्टियरले दशकपछि पहिलो पटक लिलीले उपाधि जितेको दुई दिन नबित्दै राजीनामा दिएका हुन्।

सिजन सकिनुअघि नै क्लबको स्वामित्व अर्कोले लिएपछि प्रशिक्षकले क्लब छाड्ने अनुमान गरिएको थियो। गाल्टियरले २०१७ डिसेम्बरमा लिलीसँग अनुबन्ध भएका थिए। त्यतिबेला क्लब रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको थियो।

प्रकाशित मिति:     १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar