नेपाली समयअनुसार यी हुन् विश्वकप फुटबलका खेल तालिका

नेपाली समयअनुसार यी हुन् विश्वकप फुटबलका खेल तालिका

काठमाडौं । नेपालमा चुनाव भएकै दिन अर्थात मंसिर ४ गते रातिबाट कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । पुस ३ गतेसम्म हुने विश्वकपले एक महिनासम्म पूरै विश्वको ध्यान तान्ने छ ।

नेपालमा मात्रै होइन विश्वमै यो पटकको विश्वकप कुन देशले जित्छ ? भन्दै अड्कलबाजी सुरु भइसकेका छन् । प्रत्येक चार वर्षमा आउने विश्वकपले फुटबलमा छुट्टै तरंग पैदा गर्ने गरेको छ ।

माहोल फुटबलमय बनेको छ । तर, दुर्भाग्यवश चार पटकको विश्वकप विजेता इटाली यो पटक पनि विश्वकपमा देखिने छैन । यसअघि २०१८ मा रसियामा भएको विश्वकपमा पनि इटाली छनोट हुन सफल भएको थिएन ।

विवाद, आलोचनाकै बीच कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । विश्वकप फुटबललाई ऐतिहासिक र सफल बनाउन कतार पूरै देश लागीपरेको छ । विश्वकपकै लागि भनेर कतारले आठ ओटा ठूला रंगशाला ७–८ वर्षको अवधिमा निर्माण सम्पन्न गर्‍यो । कतारको विभिन्न आठ रंगशालामा हुने विश्वकपमा ६४ खेल हुँदैछन् ।

नेपाली समयअनुसार यी हुन् विश्वकपका खेल तालिकाः

प्रकाशित मिति:     ३० कार्तिक २०७९, बुधबार  |    Himali Khabar