सिटी र साउथह्याम्पटन एफए कपको सेमिफाइनलमा

सिटी र साउथह्याम्पटन एफए कपको सेमिफाइनलमा

काठमाडौं, ८ चैत । प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटी र साउथह्याम्पटन एफए कपको अन्तिम चारमा पुगेका छन् । सिटीले एभर्टनलाई तथा साउथह्याम्पटनले बर्नमाउथलाई हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

एभर्टनमाथि २–० को विजय हासिल गरेको सिटी लगातार तेस्रो सिजन अन्तिम चारमा स्थान बनाउन सफल भयो। सिटीले इल्के गुन्डोगनको गोलबाट ८६ औं अग्रता लिएको थियो। अन्तिम मिनेटमा केभिन डी ब्रुयनाले अर्को गोल थप्दै सिटीको जित पक्का गरे।

बर्नमाउथ भ्रमणमा साउथह्याम्पटनले ३–० को नतिजा निकाल्यो। साउथह्याम्पटनले माउसा डेनेपोको गोलबाट ३७औं मिनेटमा अग्रता लिएको थियो।
नाथन रेडमोण्डले ४५औं मिनेटमा अग्रता दोब्बर बनाए। ५९औं मिनेटमा रेडमण्डले अर्को गोल थपेपछि साउथह्याम्पटनले सहज जित निकालेको थियो।

प्रकाशित मिति:     ८ चैत्र २०७७, आईतवार  |    Himali Khabar