मोटरसाइकल चोरी आरोपमा ७ जना पक्राउ

मोटरसाइकल चोरी आरोपमा ७ जना पक्राउ

काठमाडौं, ७ फागुन । भक्तपुर प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। भक्तपुरबाट ४ वटा मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले खोजी अभियान चलाउने क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलका किसन थापाले आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नं ३–०२–०१० प ७१४१ नं। २२० सि।सि। को पल्सर मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा चोरी भएका थियो। यस्तै, भक्तपुर बाराहीस्थानको उकालोबाटोस्थित गणेश स्कुल नजिक डेरा गरी बस्ने पेम्बा तामाङको पनि घर अगाडि पार्किङ्ग गरी राखेको प्रदेश २–०२० प ८८२७ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको थियो। उनीहरुले निवेदन दिएपछि प्रहरीले खोजी अभियान चलाएको थियो ।

भक्तपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगासँग समन्वय गरी मोटरसाईकल चोरहरुलाई पक्राउ गरेको जनाएको छ । ओखलढुंगाबाट पक्राउ गरिएकामा ओखलढुंगा लिखु गाउपालिका ९ बस्ने बर्ष कुलबहादुर तामाङ, सोही गाउँपालिकाका गोविन्द गौतम र ओखलढुंगा खिजी देम्बा गाउँपालिका २ का पञ्चमान तामाङ छन् । उनीहरुलाई जिल्ला अदालतमा पेश गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै, हरिगोविन्द शिल्पकारको नाममा रहेको बा ९८ प ८९६४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेर लाँदै गर्दा भक्तपुर नगरपालिका ७ स्थित आदर्शचोकमा चेकजाँचका क्रममा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा शैलुङ ४ घर भई हाल ललितपुर धोबिघाट बस्ने अभिषेक योञ्जन र दोलखाकै शैलुङ ६ का सुमन नेपाली छन्।

यस्तै, कुमार श्रेष्ठको नाममा रहेको प्रदेश ३–०२–०१७ प. ७०४८ नम्बरको पल्सर मोटरसाइकल मध्यपुर ठिमी नगरपलिका ५ स्थित अरनिको राजमार्गबाट बरामद भएको छ। चोरीमा संलग्न दोलखा शैलुङ गाउपालिका २ घर भई भक्तपुर सूर्यविनायकमा बस्नेफुर्वा तामाङ र राजु तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar