मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन पुग्यो

मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन पुग्यो

मनाङ, १८ फागुन । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुगेको छ । मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन जोडिएको हो ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो । सीमित जनशक्ति, भौगालिक विकटता अत्यधिक चिसोजस्ता प्रतिकूल समस्या भए पनि पटकपटकको प्रयासपछि भारतबाट फाइवर इन्सुलेटर झिकाएर जडान गरेपछि सफल भएको हो ।

उनका अनुसार जिल्लामा कार्यालय स्थापना भएको १८ महिनामा नै केन्द्रीय प्रसारण जडान हुन सकेको छ ।

प्रकाशित मिति:     १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar