उर्जा प्रवर्द्धक पन्तलाई उर्जा विकास विशेष सम्मान प्रदान

उर्जा प्रवर्द्धक पन्तलाई उर्जा विकास विशेष सम्मान प्रदान

काठमाडौं । उर्जा प्रवर्द्धक नरेन्द्र बल्लभ पन्त उर्जा विकास विशेष सम्मान २०७८ बाट सम्मानित भएका छन् । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज फोकस नेपालले पन्तलाई उक्त सम्मान प्रदान गरेको हो ।

पन्त विद्युत उत्पादन, प्रशारण र वितरणमा निरन्तर सक्रिय छन । उनी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य पनि हुन ।

यस्तै पन्त युनाइटेड मोदि हाइड्रोपावरका अध्यक्ष तथा ठुलो खोला हाइड्रोपावरका प्रवन्ध निर्देशक हुन । मुलुकमा उर्जाको विकास र विस्तारमा उनको योगदानलाई कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

प्रकाशित मिति:     २ आश्विन २०७८, शनिबार  |    Himali Khabar