सुपरदोर्दी ‘ख’ को बिजुली फागुनबाट राष्ट्रिय प्रसारण लाइनमा

सुपरदोर्दी ‘ख’ को बिजुली फागुनबाट राष्ट्रिय प्रसारण लाइनमा

काठमाडौं । आगामी फागुनदेखि १० महिनापछि सुपरदोर्दी ‘ख’ आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो ।

निर्माण कार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना साइट इञ्चार्ज रमेश सिग्देलले बताए । ८५ प्रतिशत बढी निर्माण कार्य सकिएको र बाँकी काम निर्धारित समयमै सक्ने उनले बताए । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको यस आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो हो । यस आयोजनाको हालसम्म २२७ मिटर ठाडो पाइप खन्ने काम सकिएको छ जसमा ३७ मिटर पाइप बिच्छ्याइसकेको छ ।

त्यस्तै, दुई हजार १०० मिटरको सुरुङको आधा काम सम्पन्न भइसकेको छ । एक हजार ४०० मिटर सुरुङको फिनिसिङ कार्य भइरहेको र आगामी पाँच÷६ दिनभित्र सम्पन्न हुने इन्चार्ज सिग्देलले बताए । यस्तै, एक हजार ६०० मिटरको सुरुङको समेत काम भइरहेको छ । यस सुरुङको ४२० मिटर सुरुङ खन्न बाँकी छ । आगामी जेठभित्र सुरुङ इनटेकको बाहिरी काम सम्पन्न हुने जनाइएको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसको केही काम भइरहेको छ । यस पावर हाउसको सात मिटर चौडाइ र ५० मिटर लम्बाइमा पर्खाल लगाउने काम सकिएको छ ।

पावर हाउसको सबै काम गरेर ६० प्रतिशत निर्माण सकिएको छ ।

प्रकाशित मिति:     १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar