भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात सुरु

भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको छ। प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत् आयात गर्ने छ।

योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए। पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत् खरिद गर्न प्राधिकरण सफल भएको कार्यकारी शाक्यले उल्लेख गरे।

उनले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३.८१ भारतीय रुपैयाँ रहेको उल्लेख गरे।

प्रकाशित मिति:     १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar