माधव नेपालको क्षेत्र काठमाडौ २ मा कांग्रेसबाट कुइँकेलसहित ४ सिफारिस

माधव नेपालको क्षेत्र काठमाडौ २ मा कांग्रेसबाट कुइँकेलसहित ४ सिफारिस

काठमाडौँ: मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ २ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वसांसद तथा संविधान सभा सदस्य दीपकप्रसाद कुईकेल सहित चार जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो। लोकेश ढकाल, मनिष कोइराला ,क्षेत्रीय सभापति कविर शर्मा को नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ। कुईकेल २०७१ को उपचुनावमा निर्वाचित भएका थिए। कुईकेल एस क्षेत्र मा सरल असल निष्ठा वान किसुन जि को अनुनायी बताउने कुईकेल लोकप्रिय मानिन्छ ढकाल उक्त क्षेत्रमा लामो समय राजनीति सग्ठन निर्माणकार्य गरेर २०५६ सालमै कांग्रेसका तर्फबाट उम्मेदवार भएका थिए। २०७४ सालको चुनावमा काठमाडौँ २ बाट माधव नेपाल निर्वाचित भएका थिए। हाल एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपालको नाम उक्त पार्टीको क्षेत्रीय कमिटिले एकल सिफारिस गरेको छ। पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुने काठमाडौँ २ मा नेपाल फेरि त्यहीबाट उठ्छन वा उठ्दैनन् भन्ने एकीन भइसकेको छैन।

स्थानीय तहको चुनावमा समाजवादीले राम्रो परिणाम ल्याउन नसकेपछि नेपाल सुरक्षित मानिएको रौटहट १ बाट उठ्ने संभावना छ। तर नेपालले सहजै काठमाडौँ २ छाड्न चाहेका छैनन्।

नेपाल रौतहट गएको अवस्थामा कांग्रेसका उम्मेदवारले काठमाडौँ २ मा अवसर पाउन सक्छन्। तर एकीकृृत समाजवादीमा अध्यक्ष नेपाल नउठे पनि क्षेत्र छाड्न दबाब छ ।

प्रकाशित मिति:     १८ भाद्र २०७९, शनिबार  |    Himali Khabar