बझाङ १ को (क) बाट प्रदेशसभा सदस्यमा हमालको बलियो दाबेदारी

बझाङ १ को (क) बाट प्रदेशसभा सदस्यमा हमालको बलियो दाबेदारी

बझाङ । नेपाली कांग्रेसको बझाङ क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभा सदस्यमा युवा नेता नारायण हमालले दाबी प्रस्तुत गरेका छन् ।
हमालले यूवाहरुको प्रतिनिधित्व आफूले गर्ने जनाउँदै प्रदेश सभा सदस्य तर्फ आवेदन दर्ता गरेर आफ्नो दाबी प्रस्तुत गर्दै पार्टीमा नाम दर्ता गराएका हुन ।

उनी नेपाल विद्यार्थी संघ बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसको पूर्व ईकाई अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको जिल्ला सचिवसमेत रहेका थिए। हमाल काठमाडौंमा रहेको महेन्द्र रत्न क्याम्पस ताहाचलको ईकाई सहसचिव हुँदै नेपाल विद्यार्थी संघको सहमहामन्त्रीको प्रत्याशी समेत हुन्।

उनले आफ्नो ज्ञान र सीपलाई जनप्रतिनिधिको माध्यमबाट जनसेवा गर्न चाहेकाले प्रदेशसभा सदस्यमा दाबेदारी प्रस्तुत गरेको बताए । हमाल राजनीतिका अलवा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर सामाजिक गतिविधिमा पनि सक्रिय रहदै आएका छन् ।

प्रकाशित मिति:     १६ भाद्र २०७९, बिहीबार  |    Himali Khabar