धादिङ २ `क´ बाट प्रदेश सांसदमा सुवेदी सिफारिस

धादिङ २ `क´ बाट प्रदेश सांसदमा सुवेदी सिफारिस

काठमाडौं । नेपाली कांग्रेस धादिङ क्षेत्र २`क´ ले नेता खुमबहादुर सुवेदीलाई प्रदेश सांसद उमेदवार बनाउन माथिल्लाे तहमा सिफारीस गरेकाे छ । बुधबार बसेकाे प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूकाे बैठकले प्रदेश २ कमा प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा सुबेदीलाई सिफारिस गरेको हो ।

उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशन प्रतिनिधि पनि हुनु । राजनीतिसंगै व्यवसायमा पनि सक्रिय सुवेदीले भर्खरै मात्र सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन निकै ठूलो सक्रियता देखाउनु भएको थियो ।

उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशन प्रतिनिधि पनि हुन । सुवेदीसंगै अन्य केहिको नाम पनि सिफारिस भएको छ । उर्जाशिल र गतिशिल सुवेदीलाई बलियो दाबेदारको रुपमा लिएको छ ।

प्रकाशित मिति:     १६ भाद्र २०७९, बिहीबार  |    Himali Khabar