प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि मन विशाल छः माधव नेपाल

प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि मन विशाल छः माधव नेपाल

काठमाडौं, २४ फागुन । प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै नेता माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् ।

बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ ।’

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए ।

प्रकाशित मिति:     २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar