राप्रपा अध्यक्षमा लिङ्देन विजयी

राप्रपा अध्यक्षमा लिङ्देन विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गर्दै लिङ्देन निर्वाचित भएका हुन् ।

लिङ्देन १८४४ मतका साथ विजयी भएका हुन् । थापाले १६१७ मत पाए । ४३१ मत बदर भएको छ ।

जम्मा ३८९२ जम्मा मत खसेको थियो । २२७ मतान्तरले लिङ्देनले अध्यक्षमा बाजी मारेका हुन् ।

प्रकाशित मिति:     १९ मंसिर २०७८, आईतवार  |    Himali Khabar