काठमाडौं, १९ फागुन । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच आज पहिलो चरणको वार्ता भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेका छन् । दुवै पक्षबाट मंगलबार वार्ता टोली गठन गरिएको थियो । त्यसको भोलिपल्ट पहिलो चरणको वार्ता भएको छ ।