ललिता निवास जग्गा प्रकरणमा मलाई फसाइयो : गच्छदार

ललिता निवास जग्गा प्रकरणमा मलाई फसाइयो : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुटा मुद्दा लगाएको बताए । उनले आफूविरुद्ध षड्यन्त्र भएको पनि बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि सरकारको छायाँको रुपमा काम गर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको नेता गच्छदारको भनाइ छ ।

ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको उनले बताए । ‘मैले व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पु¥याएको अवस्था छैन,’ उनले भने ।

प्रकाशित मिति:     ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar