सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन

काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मा कार्यदललाई दिइएको छ । सत्तारुढ गठबन्धनका शीर्ष तहका नेताहरूले मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा कार्यदललाई दिएका हुन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ८ साउनमा गठन भएको कार्यदललाई उक्त जिम्मेवारी दिइएको हो । कार्यदलमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरू छन् ।

कार्यदलमा रहेका एक नेताका अनुसार अहिलेसम्म मन्त्रालयको संख्यामा नै सहमति जुट्न सकेको छैन । हाल २१ वटा मन्त्रालय छन् । संविधानअनुसार बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइन्छ ।

प्रकाशित मिति:     १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar