१० बुँदे कार्यान्वयन नहुने भए अब अकैं सोच्नुपर्ने हुन्छ : भीम रावल

१० बुँदे कार्यान्वयन नहुने भए अब अकैं सोच्नुपर्ने हुन्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन नहुने भने आफूहरुले अब अर्कै सोच्नुपर्ने बताएका छन्। दश बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउन अध्यक्ष केपी शर्मा ओली तयार नभएको अवस्थामा फरक ढंगले सोच्ने अवस्था आउने कुरा रावलले आइतवार आफूनिकट नेताहरुसँग राखेका हुन्।

रावलले दश बुँदे कार्यान्वयन गरेर पार्टीलाई जेठ २ मा लगेपछि आफू सुदूरपश्चिम इन्चार्जमा पुनःस्थापित हुनुपर्ने अडान लिएका हुन्। अध्यक्ष ओलीसँगआइतवार बालकोटमा भएको वार्तापछि उपाध्यक्ष रावलले १० बुँदे सहमतिमा समस्या देखिएको बताउँदै यदि त्यस्तो भएमा एमालेमा बसिरहन कठिन हुने कुरा पनि राखेका हुन्।

प्रकाशित मिति:     २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar