विश्वप्रकाशले कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरे

विश्वप्रकाशले कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आगामी महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन्।

ुआज म उद्घोष गर्न चाहन्छु। संकल्प गर्न चाहन्छु। नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा तपाईंहरु सबैको साथ सहयोग र समर्थन लिएर एउटा सपनाको साथ नेपाली कांग्रेसलाई ड्राइभ गर्नुपर्छ भन्ने चाहन्छु,ु उनले भने।

प्रकाशित मिति:     २४ भाद्र २०७८, बिहीबार  |    Himali Khabar