कांग्रेसको महाधिवेशनको प्रक्रिया आजदेखि सुरू

कांग्रेसको महाधिवेशनको प्रक्रिया आजदेखि सुरू

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरू भएको छ।
केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार शुक्रबार देशैभर वडा अधिवेशन हुनुपर्ने हो। तर क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएकोले २१ जिल्लाको क्रियाशील सदस्यता विवरण अझै पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छैन।

५६ जिल्लामा भने क्रियाशीलको नामावली पार्टी वेबसाइटबाट सार्वजनिक गरिसकिएको छ। क्रियाशील नाम सार्वजनिक भएका र निर्वाचन अधिकृत पुगिसकेका जिल्लामा पनि भदौ १९, २०, २१ गतेका लागि अधिवेशन तोकिएको छ ।

प्रकाशित मिति:     १८ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar