कांग्रेसले ३८ जिल्लामा निर्वाचन अधिकृत खटायो, बाँकी जिल्लमा पनि छिट्टै

कांग्रेसले ३८ जिल्लामा निर्वाचन अधिकृत खटायो, बाँकी जिल्लमा पनि छिट्टै

काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो।

निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्। बाँकी जिल्लामा पनि एक–दुई दिनमा निर्वाचन अधिकृत खटाउँने जनाइएको छ। कांग्रेसले अधिकांश ठाउँमा कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिइएको छ।

३८ जिल्लाको क्रियाशील सदस्यको सूची पनि सार्वजनिक गरिएको छ। पार्टीको वेबसाइटमा गएर सार्वजनिक भएका नामावली हेर्न सकिने बताइएको छ।
अब बाँकी ३९ जिल्लाको क्रियाशील सूची पनि छिट्टै सार्वजनिक गरिने छ ।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar