भीम आचार्यले बने प्रदेश १ को मुख्यमन्त्री

भीम आचार्यले बने प्रदेश १ को मुख्यमन्त्री

काठमाडौं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्।

आचार्यलाई हालका मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट आजै राजीनामा बुझाएका छन्।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar