देउवाले भने–अब पार्टीका बैठक बालुवाटारमा राखिन्न

देउवाले भने–अब पार्टीका बैठक बालुवाटारमा राखिन्न

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै आलोचना सुरु भएपछि कांग्रेस सभापतिसमेत रहेका देउवाले अब पार्टी कार्यालयमै बैठक राख्ने बताएका हुन् ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि लगातार दुई वटा पदाधिकारी बैठक बालुवाटारमै बसालेका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना भएका कारण बालुवाटारमा बैठक बसेको र अब त्यस्तो नहुने विश्वास दिलाएको एक नेताले जानकारी दिए ।

अघिल्लो सरकारका पालामा एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीले प्रधानमन्त्री निर्वाचित भएपछि पार्टीका कार्यक्रमहरु बालुवाटारमै राखेका थिए । प्रधानमन्त्री निवासलाई पार्टी प्यालेसजस्तो बनाइएको भन्दै ओलीको आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar