विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवालाई मोदीले शुभकामना दिए

विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवालाई मोदीले शुभकामना दिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उनलाई बधाई र शुभकामना दिएका छन्।

मोदीले आइतबार राति साढे १० बजे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु।’

मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar