एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाएका हुन ।

आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ । रावलले भने, ‘म पार्टी एकताको पक्षमा उभिएँ तर अनैतिक राजनीति हुन थाल्यो । यो खेलबाट अलग हुनलाई राजीनामा दिँदैछु । मलाई साथीहरूले रोक्न खोजे पनि मेरो निर्णय हो यो ।’

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar