यादव सहितका कांग्रेस नेताले थाले पार्टी कार्यालयमा अनशन

यादव सहितका कांग्रेस नेताले थाले पार्टी कार्यालयमा अनशन

काठमाडौं । डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता पार्टी कार्यालय सानेपामा आमरण अनसन बसेका छन् ।

डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् । धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको उनीहरुको दाबी छ ।

यसबारे जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने आफूहरुको माग रहेको डा. यादवले बताए ।

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar