संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरे । ‘देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ । अनि संसद पनि पुनर्स्थापना हुन्छ’ उनले भने ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar