रुपा सुनारले मन्त्री श्रेष्ठलाई बर्खास्तको माग गर्दै सर्वोच्चमा रिट दायर गरिन

रुपा सुनारले मन्त्री श्रेष्ठलाई बर्खास्तको माग गर्दै सर्वोच्चमा रिट दायर गरिन

काठमाडौं । मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै उनलाई पदबाट हटाउन माग गरिएको छ ।

उनले दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर आइतबार मुद्दा दायर गरेकी हुन्। उनले कोठा भाडामा लिनेरदिने मौखिक समहति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय (कामी) थरको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको रिटमा उल्लेख गरेकी छन्।

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar