प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्दै, गृहमा खगराज र सञ्चारमा थापा

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्दै, गृहमा खगराज र सञ्चारमा थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिमण्डल विस्तार गर्दै छन्। आफूसँग रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारीलाई नियुक्त हुन लागिएको छ। यस्तै सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषिमा ज्वालाकुमारी साह बवनमा नारदमुनी राना, उद्योगमा राजकिशोर यादव र सामान्य प्रशासनमा गणेश पहाडीलाई नियुक्त गर्न लागिएको छ।

नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ।

प्रकाशित मिति:     २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar