नेकपा एस लुम्बिनी प्रदेश सम्पर्क कमिटीमा पाल्पाका गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

नेकपा एस लुम्बिनी प्रदेश सम्पर्क कमिटीमा पाल्पाका  गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पाल्पाका मीन प्रसाद गिरी निर्वाचित हुनु भएको छ । प्रथम अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै कमिटिकाे उपाध्यक्षमा लुना रिजाल र जनक बिश्वकर्मा, सचिवमा ओम वहादुर पुन र उप-सचिवमा संकृत अयार्लसहित ५५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

निर्वाचित भएसंगै अध्यक्ष गिरीले आफ्नो टिम एक दम राम्रो बनेको भन्दै पुर्व अध्यक्ष विद्या राज पाण्डेले थालनि गरेर बाकी रहेको काम पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेश सम्पर्क कमिटीले प्रदेश भरका सम्पर्क कमिटीलाई मजबुद पार्ने विगतमा गठन भएका सम्पर्क कमिटीलाई प्रभावकारी हुनेगरी आफ्नो कमिटीले काम बताउनुभयो ।

यस्तै भोलीनै रुपन्देही जिल्ला सम्पर्क कमिटीको बिशेष भेला हुँदैछ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको कार्यकाल २ बर्षको रहेको छ ।

प्रकाशित मिति:     १६ भाद्र २०८२, सोमबार  |    Himali Khabar