अलपत्र विदेशीलाई उद्धारका लागि सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह

अलपत्र विदेशीलाई उद्धारका लागि सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपाली सेनाले जेनजीको आन्दोलनका कारण नेपालमा अलपत्र विदेशीलाई उद्धारका लागि आवश्यक भए नजिकैको सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।

‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनैपनि सहयोगको पर्खामा रहनुभएका सबै विदेशी नागरिकहरुले नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ,’ नेपाली सेनाले सूचना जारी गर्दै भनेको छ, ‘साथै, त्यस्ता विदेशी नागरिकहरुसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुन समेत अनुरोध छ।’

प्रकाशित मिति:     २५ भाद्र २०८२, बुधबार  |    Himali Khabar