सर्लाहीका कांग्रेस सभापति सिंहलाई बर्खास्त गर्न माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी

सर्लाहीका कांग्रेस सभापति सिंहलाई बर्खास्त गर्न माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी

काठमाडौं । सर्लाहीका कांग्रेस जिल्ला सभापति सुरेन्द्र सिंहलाई बर्खास्त गर्न माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी परेकाे छ । जिल्ला उपसभापती नवीन अधिकारी, क्षेत्र नं १ का सभापति हरिबहादुर लुँगेलीसहितका ५१ महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृसंस्थाका नेताहरूले सामुहिक रूपमा उजुरी दिएका हुन् ।

उनीहरूले भ्रष्टाचारमा सर्वाेच्च अदालतबाट दाेषी ठहर भइसकेकाले कांग्रेसकाे विधान ०७५ काे परिच्छेद २ दफा १३(ङ) अनुसार निलम्बनकाे माग गरेका छन् । साे दफामा फाैजदारी कसुरमा दाेषी ठहर भएमा पार्टी सदस्य नरहने व्यवस्था छ । तत्काल सिंहलाई बर्खास्त गरि नयाँ सभापति चयन गर्न उनीहरूकाे माग छ ।

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह सर्वोच्च अदालतबाट फागुन १५ गते भ्रष्टाचारी ठहर भएका थिए ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले सिंहलाई दाेषी ठहर गरेकाे थियाे ।

सिंहसहितलाई विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटानसम्बन्धी मामिलामा भ्रष्टाचारी ठहर गरेको थियो। त्यसपछि सिंह सर्वाेच्च गएका थिए

प्रकाशित मिति:     १९ जेष्ठ २०८१, शनिबार  |    Himali Khabar