समाजवादी युवा संघको सचिवमा निवेश यादव मनोनित

समाजवादी युवा संघको सचिवमा निवेश यादव मनोनित

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन समाजवादी युवा संघको केन्द्रीय सचिवमा निवेश यादव मनोनित भएका छन् ।

बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित संघको पदाधिकारी बैठकले यादवलाई सचिव पदमा मनोनित गरिएको संघका अर्का सचिव दिनेश कुमार यादवले जानकारी दिए । संघको सचिव पदमा मनोनित भएका यादव गत चैत ६ गते प्रभु साहको आम जनता पार्टी परित्याग गरि जसपा प्रवेश गरेयता जिम्मेवारी बिहिन थिए ।

आजपामा उनी केन्द्रीय सदस्य तथा आइटी आर्मीको वरिष्ठ उपाध्यक्ष थिए भने आजपा अध्यक्ष प्रभु साहको स्वकिय सचिव थिए । उनी जेठ ८ गते सम्पन्न क्षेत्रीय भेलाबाट जसपा नेपालको एकताको प्रथम महाधिवेशनको लागि रौतहट क्षेत्र नम्बर १ बाट निर्विरोध प्रतिनिधि चयन भएका हुन् ।

प्रकाशित मिति:     १० जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar