एनसेलको खरिद-बिक्रीबारे आधिकारिक जानकारी छैन: अर्थमन्त्री

एनसेलको खरिद-बिक्रीबारे आधिकारिक जानकारी छैन: अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताएका हुन् ।

‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको माग समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्,’ उनले भने ।

उनले अर्थतन्त्रमा पूरा सुधार आउन भने अझै केही समय लाग्ने बताए । अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको उनले जानकारी गराए । ‘ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको हो,’ अर्थमन्त्रीले भने, ‘भएका निर्णयका आधारमा सहज रूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गा, सेयर बजार र क्रिप्टोमा पनि भित्री रूपमा गएको छ ।’

प्रकाशित मिति:     १९ मंसिर २०८०, मंगलवार  |    Himali Khabar